राती ९ बजेसम्म देउसी–भैलो खेल्न पाइने

राती ९ बजेसम्म देउसी–भैलो खेल्न पाइने

काठमाडौं । कारोना महामारीका कारण खेल्न छोडिएको तिहारको देउसी–भैलो यो वर्ष भने खेल्न पाइने भएको छ । काठमाडौं जिल्ला प्रशासनले यो वर्ष पनि राती ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने समयसीमा तोकेको छ ।

मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै यस वर्ष कोरोना संक्रमणलाई मध्यनजर गर्दै राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने जनाएको हो ।

सूचनामा भनिएको छ, ‘कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी देउसी–भैलो, नाचगानलगायत कार्यहरु राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायत र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरु नगर्ने÷नगराउने ।’

त्यस्तै पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, विक्री वितरण र प्रयोग नगर्न र नगराउन पनि आग्रह गरेको छ । त्यस्तै मादक पदार्थलगायत नशालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा हो–हल्ला गर्ने तथा झै–झगडा गरी  शान्ति सुरक्षामा असर पर्ने काम नगर्न र नगराउन पनि अनुरोध गरेको छ ।