प्रदेश १ मा पाँच सदस्यीय मन्त्रीमण्डल विस्तार, कसकाे भागमा कुन मन्त्रालय ?

प्रदेश १ मा पाँच सदस्यीय मन्त्रीमण्डल विस्तार, कसकाे भागमा कुन मन्त्रालय ?

विराटनगर । प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईसहित छ जना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले नवनियुक्त मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ लगत्तै मुख्यमन्त्री राईले पाँच सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । 

नवनियुक्त मन्त्रीहरू आन्तरिक तथा मामिलामा केदार कार्की, भौतिक पूर्वाधारमा हिमाल कार्की, आर्थिक मामिला तथा योजनामा ईन्द्र आङ्वो, सामाजिक विकास मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्वाहाम्फेले  पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

नवनियुक्त मुख्यमन्त्री राई नेकपा एकीकृत समाजवादीका हुन् भने मन्त्रीहरू कांग्रेसबाट केदार कार्की र हिमाल कार्की, माओवादी केन्द्रबाट ईन्द्र आङ्वो,
जसपाबाट जयराम यादव र संयुक्त लोकतान्त्रिकबाट विष्णु तुम्वाहाम्फे रहेका छन् । 

प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री आङ्वोबाहेक अन्य नयाँ अनुहार हुन् ।