राजेन्द्र राई भए प्रदेश १ को मुख्यमन्त्री

राजेन्द्र राई भए प्रदेश १ को मुख्यमन्त्री

काठमाडौं । एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि राईलाई मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

पाँच दलीय गठबन्धनबाट नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रदेश प्रमुख अधिकारीले सरकार गठनका लागि आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश गरेका थिए । 

आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।