बैतडीमा महरा हत्या प्रकरण : चार जना पूर्पक्षका लागि जेल चलान

बैतडीमा महरा हत्या प्रकरण : चार जना पूर्पक्षका लागि जेल चलान

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या आरोपमा चार जना पक्राउ परेका छन् । 

सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिसिंह महरालाई प्रहरीले पक्राउ गरी पूर्पक्षका लागि जेल चलान गरेको छ ।

पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयमार्फत अदालत पेश गरेको थियो । त्यसपछि चारै जनालाई गत बिहीबार पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

महराको गत असोज ६ गते सुर्नया गाउँपालिका ४ लेकडाँडाका हत्या भएको थियो ।