कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान, कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान, कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

काठमाडौं । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै कर्णाली प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। 

शाहीले सोमबार अपरान्ह राजीनामा दिएका थिए। प्रदेश प्रमुख कलौनीले आज साँझ ७ः३० बजेभित्र दावी पेस गरिसक्न समय दिएका छन्।  दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

गठबन्धनबीचको सहमति अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ।