बलात्कार मुद्दामा १२ वर्ष कैदको सजाय तोकिएपछि फरार थापा पक्राउ

बलात्कार मुद्दामा १२ वर्ष कैदको सजाय तोकिएपछि फरार थापा पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दामा अदालतले १२ वर्ष कैदको फैसला सुनाएपछि फरार भएका अभियुक्त पक्राउ परेका छन् ।

गत वर्ष मंसीर २१ गते जिल्ला अदालत दाङले १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाएपछि फरार भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाँउका २७ वर्षीय खुमबहादुर थापा प्रहरीले पक्राउ गरेको हो । 

फरार अभियुक्त थापा आफ्नै घरमै लुकेर बसेको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलासी गर्दा शुक्रबार पक्राउ गरेको हो । 

थापालाई आइतबार अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द
रिजालले जानकारी दिए ।