काठमाडौं । प्रदेश नम्बर १ काे मुख्यमन्त्रीमा राजेन्द्र राईले दाबी पेश गरेका छन् । ५० सांसदको समर्थनसहित मुख्यमन्त्रीमा राईले प्रस्ताव पेश गरेका हुन् ।
मुख्यमन्त्री पदबाट भीम आचार्यले सोमबार राजीनामा घोषणा गरेलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका थिए ।
उनले मंगलबार दिउँसो १ बजेसम्मका लागि मुख्यमन्त्री दावी पेश गर्न आह्वान गरेका थिए । यता सोमबार नै गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने प्रस्ताव पेश गरेको हो ।
राईले भोलि नै आफ्नो नेतृत्वमा सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् बन्ने बताएका छन्।