एमाले मेलम्ची नगर अधिवेशन आज

एमाले मेलम्ची नगर अधिवेशन आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन आज हुने भएको छ। यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो। 

केन्द्रको निर्णय अनुसार देशका अधिकांश स्थानमा कात्तिक  ९ गते पालिका अधिवेशन सम्पन्न भए पनि मेलम्चीमा भने पूर्वनिर्धारित मिति २ पटक सरेको थियो। नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालले प्रविधिक कारणले अधिवेशन २ दिन सार्नु परेको जानकारी दिए। 

एमालेको नयाँ विधानअनुसार नगर कमिटी ७५ सदस्यीय हुनेछ । त्यसमा पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव चयन हुनेछन्। सोमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने र पदाधिकारीमा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।