सर्वोच्च अदालतका न्यायाधीशले आज पनि मुद्दा नहेर्ने

सर्वोच्च अदालतका न्यायाधीशले आज पनि मुद्दा नहेर्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका सर्वोच्चका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने भएका हुन् ।

न्यायाधीशहरु आइतबार पनि इजलासमा बसेका थिएनन् । 'केही समय दिन सकिन्छ तर प्रधानन्यायाधीशको बहिर्गमन हुनैपर्छ ।  हामी सम्मानजनक बहिर्गमनको पक्षमा छौँ,' एक न्यायाधीशको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

प्रधानन्यायाधीश जबरासँग नजिक मानिएका न्यायाधीश डा। शर्माले जबराले सम्मानजनक निकासको लागि तयार रहेको सन्देश ल्याएपछि न्यायाधीशहरुले तीन जना न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र शर्मालाई प्रधानन्यायाधीशसँग वार्ता गर्न पठाएका थिए । वार्ता आज पनि जारी रहने बताइएको छ ।