ओलीको पालामा सबैभन्दा धेरै भ्रष्टाचार : नेपाल

ओलीको पालामा सबैभन्दा धेरै भ्रष्टाचार : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै भ्रष्टाचार भएको बताएका छन् । म भ्रष्टाचार गर्दिन, गरेको पनि सहँदिन भन्ने नारा लगाएर प्रत्येक भ्रष्टाचारीर्लाइ ओलीले संरषण गरेको अध्यक्ष नेपालले दावी गरे ।

आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले हचुवाको भरमा जथाभावि विमानस्थल र हेलिप्याड निर्माण गरेर बजेट खर्च गरेकाे बताए । यति गरिव मुलुकमा जहाँ तही हेलिप्याड बनाएकोमा उनले विरोध गरे ।

उनले १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्न सकिनेमा बालुवाटारमा हेलिप्याड बनाएको भन्दै टिप्पणी गरे । उनले भने, ‘सुन्दैछु, राष्ट्रपति निवासमा पनि हेलिप्याड बन्दै छ रे, बजेटहरु सबै हेलिप्याड बनाउँदैमा सक्ने हो र ?’

जहाँतही हेलिप्याड बनाउने योजना गलत भएको भन्दै यसबारे पर्यटनमन्त्रीलाई ध्यान दिन आफूले निर्देशन गरेको बताए । अध्यक्ष नेपालले मुलुकको विकासमा कहाँनेरी समस्या छ भनेर एजेण्डा बनाएर काम गर्नुपर्ने धारणा व्यक्त गरे । 

यसअघि गफाडी ओलीको हातमा नेतृत्व पुगेकाले उनले गफ धेरै गरेको तर काम केही पनि नगरेको टिप्णी गरे । अहिले गफाडीबाट हातबाट मुलुकको नेतृत्व खोसिसकेको भन्दै अब मुलुक बनाउने जिम्मे हामी नेपाली जनताको भएकाले त्यसका लागि हामी लाग्नुपर्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा श्रममन्त्री किसान श्रेष्ठले सरकारले सकेसम्म नेपालीलाई स्वदेशमै रोजगारी दिने गरेर सरकार लागिपरेको बताउँदै बैदेशिक रोजगारमा जानु्पर्दा लेवरमा मात्रै नभएर दक्ष जनशक्ति पठाउनेबारे छलफल भइरहेको जानकारी दिए ।