थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, आठको मृत्यु

थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, आठको मृत्यु

काठमाडौं । देशभर पछिल्लो समय ७ हजार ८ सय ९९ जनाको कोरोना परीक्षण गर्दा थप चार सय ८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ७ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २४ घण्टामा पाँच सय १८ जना जना कोरोनामुक्त भएका छन्।

देशभर हाल सक्रिय संक्रमितको संख्या ९ हजार तीन सय ७६ जना रहेको मन्त्रालयले जनाएको छ।