अफगानिस्तानबाट सबै नेपाली नागरिकको उद्धार

अफगानिस्तानबाट सबै नेपाली नागरिकको उद्धार

काठमाडौं । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिवार बिहान अफगानिस्तानमा बाँकी रहेका नेपाली नागरिकहरूलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराए । 

योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरू नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरू अब नरहेको बताए । 

परराष्ट्र मन्त्रालयका अनुसार तालिबानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९०६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो ।