बोक्साबोक्सीको आरोपमा देवर भाउजूलाई मलमूत्र खुवाइयो

बोक्साबोक्सीको आरोपमा देवर भाउजूलाई मलमूत्र खुवाइयो

महोत्तरी । महोत्तरीमा बोक्साबोक्सीको आरोपमा देवर–भाउजुलाई कुटपीट गरी मलमूत्र खुवाइएको छ । स्थानीय महिलाको एक जत्थाले औरही नगरपालिका वडा नम्बर ९ स्थित अगलेशराका ५० वर्षीय देवर र ५५ वर्षीया भाउज बिहीबार साँझ मलमूत्र खुवाएका हुन् ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटेका प्रहरी टोलीले पीडितहरूको उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल लगेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । पीडितको जाहेरीको आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी तत्कालै कारबाही गरिने बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।