दुर्घटनामा विद्यार्थी युनियनका जिल्ला उपाध्यक्षको मृत्यु

दुर्घटनामा विद्यार्थी युनियनका जिल्ला उपाध्यक्षको मृत्यु

रौतहट । आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना भने घाइते भएका छन् । 

चन्द्रपुरबाट गरुडा, महम्मदपुरस्थित घर जाने क्रममा मोटरसाइकल बसन्तपुर एरियामा सडक छेउको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा  समाजवादी विद्यार्थी युनियन रौतहट जिल्लाका उपाध्यक्ष २५ वर्षीय अभय यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका गरुडा–४ का ३० वर्षीय नवलकिशोर पटेल भने घाइते भएका छन् । घाइते पटेलको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

गएराति ११ बजे मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत पोलमा ठोक्किएको थियो ।