प्रधानन्यायाधीशका समर्थक र विरोधी वकिलबीच बारभित्रै कुटाकुट

प्रधानन्यायाधीशका समर्थक र विरोधी वकिलबीच बारभित्रै कुटाकुट

काठमाडौ । अहिले न्यायालय विवाद उत्कर्षमा पुगेको छ । गठबन्धन सरकारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्री भाग खोजेको आरोपपछि नेपाल बारका न्यायाधीसहरु जबराको राजीनामा माग गर्दै आएका छन् । 

कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् । केही कानून व्यवसायीहरुले न्यायालयलाई बन्धक बनाउन नहुने धारणा पनि राख्दै आएका छन् । 

यस्तैमा नेपालबार परिसरमा प्रधानन्यायाधीश समर्थक र विरोधी वकिलबीच कुटाकुट भएको छ ।  

शुक्रबार मध्यान्ह वकिलद्वय विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो । इजलाश रोकिँदा सर्वसाधारणलाई सास्ती भएको बिषयमा मिडियासँग अन्तरवार्ता दिइरहेका बेला तेरो लाइसेन्स खोस्नु पर्ने भन्दै चुँडालमाथि न्यौपानले हातपात गरेका थिए । दुई जनाबीच केहीबेर लात्ती–मुड्की प्रहार भएको थियो ।  न्यौपानेविरुद्ध कानुनी प्रक्रियामा जाने चुडालको भनाई छ ।

प्रधानन्यायाधीशको विषयलाई लिएर दुई जनाबीच विवाद सुरु भएको थियो । अन्ततः हात हालाहालसमेत भएको थियो । न्यौपाने काठमाडौं बारका अधिवक्ता हुने भने चुँडाल सर्वोच्च बारका अर्का अधिवक्ता । 

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने भन्दै बार कार्यसमिति  बैठक अहिले बसिरहेको छ।