प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे देउवाले भने – कांग्रेसले लगाउँदैन, प्रचण्ड र माधवले मात्रै सम्भव छैन

प्रधानन्यायाधीशविरुद्ध  महाअभियोगबारे देउवाले भने – कांग्रेसले लगाउँदैन, प्रचण्ड र माधवले मात्रै सम्भव छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको कुरा हल्ला मात्रै भएको बताएका छन् । 

जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गर्नुअघि निकटस्थहरुसँगको परामर्शका क्रममा महाअभियोगको लफडामा कांग्रेस नफस्ने तर्क गरेका छन् ।

उनले प्रधानन्यायाधीसमाथि महाअभियोगमा कांग्रेस नगए माओवादी केन्द्र र एकीकृत समाजवादीले मात्रै सम्भव नहुने भन्दै महाअभियोग नै वाईयात भएको उल्लेख गरे । उनले यस्ता हल्लाको पछाडि नलाग्न पनि सुझाव दिए ।

आज राष्ट्रपतिसँगको भेटमा पनि महाअभियोगबारे भएकाे हल्ला नपत्याउन राष्ट्रपतिलाई आग्रह गरेको छलफलमा बताएको एक नेताले बताए ।

प्रधानमन्त्री देउवाले पहिलेकै महाअभियोग सम्हालिनसक्नु भएको भन्दै अब फेरि यसको लफडामा नपर्ने उनले बताएका छन् । 

राणाविरुद्ध महाअभियाेग लाउनासाथ एमालेले अरु चारजना न्यायाशमाथि महाअभियोग लगाइहाल्छ, कांग्रेस फेरि कलंक किन बोक्छ भन्ने दाउमा भएको भन्दै यस्तो लफडामा नेपाली कांग्रेस नपर्ने स्पष्ट पारेका छन् ।