बाढीले धानबालीमा क्षतिः सरकारले ६५ प्रतिशतसम्म क्षति व्यहोर्ने

बाढीले धानबालीमा क्षतिः सरकारले ६५ प्रतिशतसम्म क्षति व्यहोर्ने

काठमाडौं । बाढी पहिरो र डुवानका कारण देशभरका धानबालीमा परेको असरलाई मध्येनजर गरी सरकारले किसानलाई ६५ प्रतिशतसम्म राहत दिने भएको छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले किसानको जग्गाको अनुपातमा थोरै जग्गामा भएको क्षतिलाई धेरै राहत दिने र धेरै जग्गामा भएको क्षतिलाई कम राहत दिने निर्णय गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दिएको जानकारी अनुसार सरकारले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई ६५ प्रतिशतसम्म, १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसानलाई  क्षतिको २० प्रतिशत राहत दिने सरकारले निर्णय गरेको छ । 

कात्तिक १ देखि निरन्तर परेको वर्षाका कारण देशभर बाढी, पहिरो र डुवानले पाकेको धानबाली नष्ट बनाएको थियो । धानबालीको क्षतिबारे अध्ययन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।