मन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो, घाइतेलाई नदेखेझै गरी मन्त्री अर्काे गाडीमा सरर

मन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो, घाइतेलाई नदेखेझै गरी मन्त्री अर्काे गाडीमा सरर

बुटवल । लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । बुटवलबाट भैरहवातर्फ मन्त्री शाही सवार भे१झ ३३१ नम्बरको गाडीले लु७८प ५६६३ मोटरसाइकललाई ठक्कर दिएको हो ।

रुपन्देहीको तिलोत्तमा–३, शंकरनगरमा बिहीबार ५ बजेतिर घटना भएको थियो । घटनामा मोटरसाइकल चालक  बुटवल उपमहानगरपालिका–१२, तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते भएका छन् ।

घटनापछि मन्त्री शाही हतार हतारमा अर्काे गाडी चढेर पुनः भैरवाहतर्फ नै फर्किएका थिए । 

घाइते मगरलाई अस्पताल लैजान स्वकीय सचिवलाई अह्राएको बुझिएको छ । हाल मन्त्रीको गाडी र चालक प्रहरीको नियन्त्रणमा छन् ।