बोक्सीको आरोपमा दलितमाथि कुटपीट गर्ने पक्राउ

बोक्सीको आरोपमा दलितमाथि कुटपीट गर्ने पक्राउ

सिरहा । बोक्सी आरोपमा एक दलित महिलामाथि कुटपीट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव रहेका छन् । उनले व्यक्तिगत रिसिइबीका कारण स्थानीय ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए ।

पीडितले यादवविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका कारण उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनलाई कल्याणपुर बजारबाट  पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएको छ ।