बागमती प्रदेशमा अघिल्लो नेतृत्वले गरेको निर्णय खारेज गर्ने

बागमती प्रदेशमा अघिल्लो नेतृत्वले गरेको निर्णय खारेज गर्ने

हेटौडा । बाग्मती प्रदेशमा अघिल्लो नेतृत्वले गरेको निर्णयहरु खारेज हुने भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघिल्लो अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गरेको गलत निर्णयहरु सच्याइने बताएका छन् । 

मुख्यमन्त्रीको शपथ ग्रहणपछि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । शाक्य नेतृत्वको सरकारले कतिपय दीर्घकालिन महत्वको निर्णय गरेको भन्दै त्यस्ता गलत निर्णयहरुलाई सच्याइने बताए ।

उनले प्रदेशलाइ  भ्रष्टाचारमुक्त बनाउने पहिलो प्राथमिकता भएकाे भन्दै श्रमजीवी, मजदुर र सर्वहारा जनताको पक्षमा सरकारले नयाँ बजेट ल्याउने पनि बताए । 

नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले  विश्वासको मत जुटाउन नसकेपछि ७१ दिनमै बुधबार राजीनामा दिएकी दिइन् ।