काठमाडौंमा चिसो बढ्यो, कति छ न्यूनतम तापक्रम ?

काठमाडौंमा चिसो बढ्यो, कति छ न्यूनतम तापक्रम ?

काठमाडौं । हिजो भन्दा आज मौसम अझ खुल्ने मौसमविद्ले बताएका छन् । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि बिस्तारै मौसम खुल्नै जाने मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरले मौसम बद्ली गराएर पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज देशभरको मौसम समान्यतया सफा नै हुने बताइन्। काठमाडौंमा आज पनि न्यूनतम तापक्रम घटेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो १३ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, आज दिउँसो उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।