माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, ५ घाइते

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, ५ घाइते

सिरहा । नजिकिएको दीपावलीमा घर लिपपोत रातोमाटो लिन गएकी  एक बालिकको माटोको ढिस्कोले पुरिएको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिका–५ जयपुरका प्रकाश कामैतको ११ वर्षिया छोरी करिश्मा कुमारीको माटोले पुरिएर मृत्यु भएको हो । 


गाउँदेखि २ सय मिटरको दूरिमा रहेको माईट खुन्मा (माटो लिने ठाउँ)मा ढिस्को खसेर पुरिएकी उनको ज्यान गएको हो ।

ढिस्कोले पुरेर ममता देवी कामैत, महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादवकी ७ वर्षीया छोरी सविता यादब, २६ वर्षिय सीता देवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षिय छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइतेमध्ये सवितालाई उपचारका लागि वीराटनगर ल्याइएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।