विभिन्न समूहका व्यक्तिगत चाहना सम्बोधन गराउन राजनीतिक दवाव आउने गरेको छः मन्त्री पौडेल

विभिन्न समूहका व्यक्तिगत चाहना सम्बोधन गराउन राजनीतिक दवाव आउने गरेको छः मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक स्तरको उन्नति भन्दा पनि विभिन्न समूहको व्यक्तिगत चाहना सम्बोधन गराउन राजनीतिक दवाव आउने गरेको बताएका छन् । 

सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँगको भेटका क्रममा बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने, ‘भेटम् भन्छन्, भट्यो, त्यहाँ शैक्षिक स्तर उन्नतीका कुरा भन्दा कसैको व्यक्तिगत चाहना सम्बोधन गर्नुपर्ने हुनछ ।’ उनले थपे, ‘त्यसका लागि अझै माथिबाटै आदेश पो हुन्छ ।’

मन्त्री पौडेलले आफू पदमा रहुन्जेल त्यसतै व्यक्तिगत स्वार्थ पूर्तिका लागि भएको दवावलाई प्राथमिकता नदिने समेत बताएका छन् । आफ्नो पहिलो प्राथमिकता सार्वजनिक शिक्षाको सुधार भएकाले त्यसमै केन्द्रित हुने पनि उनले दावी गरे ।

उनले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढदै, पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी काम भइरहेको बताए । त्यसमा आवश्यक सुभावका लागि विद्यार्थी संगठनका नेताहरुसँग आग्रह पनि गरे । 

भेटमा नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले निजी क्षेत्रले विद्यार्थीबाटी जथाभावी शुल्क असुल गरेको भन्दै तत्काल यसलाई रोक्न मन्त्री पौडेलको ध्यानाकर्षण गराए । त्यसतै अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले शैक्षिक सुधारको कार्यक्रमलाई परिणाममुखी बताउनुपर्ने बताईन् ।