पाल्पाकी सीताले जन्माइन एकैपटक चार शिशु

पाल्पाकी सीताले जन्माइन एकैपटक चार शिशु

काठमाडौं । पाल्पा घर भएकी सीता सार्कीले एकै पटक ४ शिशुलाई जन्म दिएकी छिन् । २४ वर्षीया सीताले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा मंगलबार चम्ल्याहा छोरीलाई जन्म दिएकी हुन् । शल्यक्रियामार्फत उनले शिशुलाई जन्म दिएकी हुन् । 

पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया सीतालाई यही कात्तिक ६ गते अस्पताल भर्ना गरिएको थियो । महिला तथा प्रसुती विशेषज्ञको टोलीले उनको शल्यक्रिया गरेको थियो । उनले १ किलो ६० ग्राम, १ किलो सय ग्राम, १ किलो १३० ग्राम र १ किलो ११५ ग्राम तौल भएका चार सन्तानलाई जन्म दिएकी छिन् । 

हाल आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । बच्चाहरुको तौल कम भएका कारण हाल एनआईसीयुमा राखिएको अस्पतालले जनाएको छ ।