लेखेर राखे हुन्छ, अबको निर्वाचनमा एमालेले एकल बहुमतको सरकार हुने गरी चुनाव जित्नेछः विष्णु पौडेल

लेखेर राखे हुन्छ, अबको निर्वाचनमा एमालेले एकल बहुमतको सरकार हुने गरी चुनाव जित्नेछः विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनमो नेकपा एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनाव जितेर देखाउने दावी गरेका छन् । 

नेकपा एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता पौडेलले आगामी निर्वाचनमा विगतको तुलनमा गुणात्मक मतका साथ सबै तहमा जीत हाँसिल गर्ने दाबी गरे । उनले भने, ‘लेखेर राखे हुन्छ, एमालेसँग अरू सबै दल मिलेर आउन वा एक्लाएक्लै । अबको निर्वाचनमा एमालेले  एकल बहुमतको सरकार बनाउने गरी चुनाव जितेर सिंहदरबार छिर्नेछ ।’

नेपालमा पटक पटक अस्थिरताको खेलमैदान बनेको भन्दै आगामी निर्वाचनपछि अस्थिरताको खेल सकिने पनि दावी गरे । उनले एमालेको बहुमतको सरकारले मुलुकमा पूर्ण स्थिरता कायम गरी विकासको गतिमा अघि बढ्ने बताए । नेता पौडेलले एमालेमा विभाजनले खासै प्रभाव नपारेको भन्दै बरु एमालेको शक्ति र जनसंगठन देखेर सत्तारूढ गठबन्धन आत्तिएको दावी गरे । 

एमाले विचार, संगठन र भूमिकामा सग्लो रहेको भन्दै गोदावरीमा भएको विधान महाधिवेशनले एमालेभित्र रहेका दक्षिणपन्थी र विर्सजनवादी तत्व परास्त भएको बताए । एमालेबाट फुटेर गाएकाहरूलाई पानीको फोकाजस्तै भएको भन्दै कांग्रेसको पुच्छर समातेर खोला तारिदिन्छ भन्ने आश गरेकाहरु अब उनीहरुलाई कसैले नपत्याउने दावी गरे ।