आजबाट ड्राइभिङ लाइसेन्सको फारम खुला

आजबाट ड्राइभिङ लाइसेन्सको फारम खुला

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेसँगै गत बैशाखदेखि बन्द गरिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजबाट खुला गरिएको छ । 

यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन फारम खुला गरेको जानकारी दिएको हाे । अब विभागको वेवसाइटमा गएर अनलाइन आवेदन दिन सकिनेछ । 

यसअघि दैनिकको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था भएकाेमा फाराम भर्न नपाएको गुनासाहरू बढेको भन्दै अबबाट लाइसेन्स लिनका लागि भरिने फारममा लगाएको कोटा प्रणाली हटाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनका अनुसार अब सातै दिन २४ सै घण्टा अनलाइन फारम भर्न सकिनेछ । 

अनलाइन फर्म भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि लागि यातायात कार्यालय जानुपर्ने छ । यसअघि ५ लाख बढीले आवेदनको लागि अनलाइन फारम भरेका थिए । उनीहरुको पनि लिखित परीक्षा हाल चलिरहेको छ ।