गोरेलाई १० वर्ष कैद सजाय, सनमको परिवारलाई १३ लाख क्षतिपूर्ति

गोरेलाई १० वर्ष कैद सजाय, सनमको परिवारलाई १३ लाख क्षतिपूर्ति

मोरङ । जिल्ला अदालत मोरङले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई १० वर्ष कैद सजाय फैसला सुनाएको छ । 

गत असोज १९ गते मोरङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गरेको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरेपनि सजाय भने तोकेको थिएन ।

अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले १० वर्षकैद, एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार टिकेन्द्रवीर जंग राणाले बताए ।