केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम र यात्रा तथा घुमफिर गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ। दिउँसो देशको पनि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।