मकालुबाट हिउँमा फसेका चार जनाको उद्धार, दुई अझै बाँकी

मकालुबाट हिउँमा फसेका चार जनाको उद्धार, दुई अझै बाँकी

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविरमा फसेका चार जनाको उद्धार गरिएको छ । 

विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते ३ विदेशी र ७ जना नेपालीसहित १० जना मकालु आधार शिविर पुगेका थिए । जसमध्ये एक जना नागरिकको शुक्रबार निधन भइसकेको छ भने तीन जनाको आइतबार र चार जनाको सोमबार हेलिकोप्टरबाट उद्धार गरिएको हाे ।

अझै दुई जना मकालु गाउँपालिका–२ को लाङमालेमै रहेको टोलीका सदस्य नीरज कार्कीले जानकारी दिए । उनका अनुसार आज उद्धार हुनेहरुमा काठमाडौंका अनोज चुडाल, सोलुखुम्बुका जंग कुलुङ राई, दीपक कुलुङ राई, दिनेन्द्र कुलुङ राई रहेका छनु । उनीहरुलाई उद्धार गरी सोलुखुम्बु लगिएको छ । 

त्यस्तै सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी रहेको छ । अन्य तीन जनाको आइतबार नै हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको थियो भने आरोहरणका लागि गएका डेनमार्कका एक नागरिक थोर्वजन एडर्शनको भने शुक्रबार नै मृत्यु भइसकेको छ । उनको शव अझै आधार शिविरमै छ ।