राष्ट्रियसभा सदस्यको निर्वाचन मिति चाँडै तोकिन्छ : प्रधानमन्त्री देउवा

राष्ट्रियसभा सदस्यको निर्वाचन मिति चाँडै तोकिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले चाँडै तोक्ने बताएका छन् । 

सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा  प्रधानमन्त्री देउवाले रिक्त हुन लागेका प्रतिनिधिसभा र प्रदेशसभाको सो पदका लागि चाँडै नै निर्वाचत तोकिने बताए । उनले सत्ता साझेदार दलहरुसँग यस विषयमा छलफल गरी मिती तय गरिने बताए । 

सोमबार आयोगका पदाधिकारसँगको भेटमा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको थियो । राष्ट्रियसभाका २० सदस्यको पददावी आगामी फागुनमा सकिँदैछ ।