अफ्गानी नागरिक काठमाडौबाट पक्राउ

अफ्गानी नागरिक काठमाडौबाट पक्राउ

काठमााडौं । भारतको बाटो हुँदै नेपाल छिरेका अफगान नागरिकहरू पक्राउ परेका छन् । 

गृह मन्त्रालयका अनुसार अवैध रूपमा नेपाल छिरेका ११ जना अफगान नागरिकलाई सोमबार पक्राउ गरेको जनाएको छ । उनीहरु भारतबाट दिल्लीबाट सुनौलीसम्म बसमा आएर सुनौली हुँदै रूपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ । सो नाका अवैध रुपमा नेपाल भित्रिन सबैभन्दा बढी प्रयोग हुने नाका हो । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र पोखरेलले नेपाल भारत सीमा क्षेत्रमा चेकजाँचमा कडाई गरिएको जनाएका छन् ।

सीमाका जिल्ला प्रशासन कार्यालयहरूलाई सुरक्षाजाँचमा कडाइ गर्न निर्देशन दिइएको छ भने बेलहिया नाकामा पनि अहिले सुरक्षाकर्मी बढाइएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेयले जानकारी दिए । 

पक्राउ परेको उनीहरुलाई सोधपुछपछि अध्यागमन कार्यालयमा पठाइनेछ । अध्यागमनले उनीहरूको कसुर हेरेर सजाय गर्ने छन् । 
अफगानिस्तानमा तालिबान सत्तामा आएपछि त्यहाँका नागरिक शरणार्थीको रूपमा विभिन्न देशमा शरण लिँदै आएका छन्