सर्वोच्चमा न्यायाधीशहरूको विद्रोह, इजलास र फुल कोर्ट बहिष्कार

सर्वोच्चमा न्यायाधीशहरूको विद्रोह, इजलास र फुल कोर्ट बहिष्कार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विवादमा मुछिएपछि सर्वोच्च अदालतका न्यायाधीशहरूले विद्रोह गरेका छन्। उनीहरू इजलास छाडेर बेग्लै छलफलमा जुटेका छन्।  सोमबार प्रधानन्यायाधीश जबराले आफूबाहकेको सात इजलास तोकेका छन्। राणाले ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन्। तर, कोही पनि न्यायाधीश इजलासमा सहभागी भएका छैनन्। 

राणाले न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका हुन्।  

राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए । उक्त निर्णय आज पनि निरन्तर राखेका हुन्।   राणाले आजका लागि बोलाएको फुलकोर्टको बैठकमा सहभागी नहुने निर्णय न्यायाधीशहरुले गरिसकेका छन्। 

यससँगै प्रधानन्यायाधीश राणमाथि राजीनामाको दावाव पर्न थालेको छ ।