सर्वाेच्चका १४ न्यायाधीशद्वारा फुलकोर्ट बैठक बहिष्कार

सर्वाेच्चका १४ न्यायाधीशद्वारा फुलकोर्ट बैठक बहिष्कार

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आह्वान गरेको फुलकोर्ट (पूर्ण बैठक) सर्वोच्चका अन्य १४ न्यायाधीशले बहिष्कार गर्ने भएका छन् । 

यसअघि प्रधानन्यायाधीशको सम्बन्धमा आएका खबरहरूको बारेमा छलफल गर्न उनी न्यायाधीशहरुले फुलकोर्टको मार्ग गरेको भएपनि  प्रधानन्यायाधीश जबराले एजेन्डाबारे छलफल नै नगरी सोमबार फुलकोर्ट बैठक आह्वान गरेपछि उनीहरुले बैठक नै बहिष्कार गर्ने जनाएका हुन् । 

प्रधानन्यायाधीश र नेपाल बार एशोसियसनका अधिकारीबीच आइतबार भएको छ्लफलमा प्रधानन्यायाधीश जबराले सोमबार फुलकोर्ट डाक्ने प्रतिबद्धता जनाएका थिए । 

भोलिडाकिएको फुल कोर्टको बैठकमा वरिष्ठ अधिवक्ता उपाधिको निर्णय गर्ने कार्यसूची राखिएको र प्रधानन्यायाधीश जबराले सो बैठकमा न्यायपालिका सुधार कार्यदलको प्रतिवेदन सम्बन्धी एजेन्डा राखेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

भोलि फुलकोर्ट बसेपछि पर्सि मङ्गलवारदेखि नमुना गोलाप्रथा सुरु गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । प्रधानन्यायाधीशले भोलि १ः३० बजेका लागि बैठक डाकेका छन् ।