ओलीको आह्वान : हामी चुनाव जित्छौं, माधव नेपालबाहेकलाई एमालेमा ढोका खुला रहनेछ

ओलीको आह्वान : हामी चुनाव जित्छौं, माधव नेपालबाहेकलाई एमालेमा ढोका खुला रहनेछ

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाव बहुमतका साथ नेकपा एमालेले जित्नेमा ढुक्क भएको बताएका छन् । 

एमाले देश बनाउन हिँडेका साथीहरूको पार्टी भएको उल्लेख गर्दै मुलुकको विकासका लागि एमालेले काम गर्ने भएकाले जनताले एमालेलाई नै माया गर्ने पार्टी एमाले भएको धारणा व्यक्त गरे । 

शनिबार गृहजिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदमा जे जतिले फुर्ती लगाएपनि त्यसको श्रेय नेकपा एमालेलाई नै जाने उनको तर्क व्यक्त गरे । उनले भने, ‘संसदमा प्रचण्ड लगायतले अहिले फुर्ति लगाइरहेका छन्, त्यो हाम्रै कारणले हो । हामीले नै उनलाई त्यो स्थानमा पु¥याएका हौ ।’ उनले थपे, ‘माओवादीको साख नै एमालेले जोगाइदिएको हो ।’

आगामी चुनामा माधव नेपाल, प्रचण्ड लगायतलाई चुनाव जितेर देखाउन चुनौती दिए । उनले माधव नेपालले गठन गरेको समाजवादी पार्टीमा लागेका सम्पूर्ण साथीहरुका लागि एमालेको ढोका सदा खुला हुने भन्दै फर्किन सुझाव समेत दिए ।

माधव नेपालबाहेक अन्य साथीहरु एमालेमै फर्किन पनि सुझाव दिइउ । उनले भने, ‘एमाले देश बनाउन हिडेको पार्टी हो, तपाइ हामी सबैको साझा । आउनु मिलेर अगाडि बढौं ।’ अध्यक्ष ओलीले एमालेमा माधव नेपाललाई भने कुनै ठाउँ नै नरहेको स्पष्ट पारे । 

पार्टीमा माधव नेपाल जस्ता फोहोरी तत्वहरु थुपारेर काम नभएको भन्दै उनलाई पार्टीमा कुनै ठाउँ नभएको टिप्पणी गरे । अध्यक्ष ओलीले माधव नेपाल अनुशासनहिन, अराजक भएको भन्दै उनलाई बिग्रिएको आलुृको संज्ञा दिए ।

उनले भने, ‘बोरामा एउटा आलु बिग्रिए सबै आलु कुहिन सक्ने सम्भावना हुन्छ त्यसैले त्यस्तो खतराबाट पार्टीलाई जोगाउन माधव नेपाललाई पार्टीमा कुनै स्थान छैन ।’ माधव नेपालप्रति संज्ञा गर्दै अध्यक्ष ओलीले भने, ‘कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो’