बालविवाह गर्दा मण्डपबाटै बेहुलाबेहुलीसहित ४ जना पक्राउ

बालविवाह गर्दा मण्डपबाटै बेहुलाबेहुलीसहित ४ जना पक्राउ

सुनसरी । सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा प्रहरीले बेहुला बेहुलीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुला–बेहुलीसहित बेहुलाका बाबु र बेहुलीका आमा पनि रहेका छन् । 

उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको हो । उनीहरुव्रिरुद्ध बालविवाहको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

इटहरी २ स्थित हवाई चौककी १७ वर्षीया बालिकाको विवाह गरेको अभियोगमा बेहुला सन्दीप रसाइली, बेहुलीसहित, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । 

चारै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट बालविवाह मुद्दामा पाँच दिन म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।