एमालेको पार्टी कार्यालय ललितपुरमा सर्ने

एमालेको पार्टी कार्यालय ललितपुरमा सर्ने

काठमाडौं  । थापाथलीस्थित रहेको नेकपा एमालेको पार्टी कार्यालयको ठाउँ सांँघुरो भएको भन्दै पार्टी कार्यालय ललितपुरमा सार्ने लागिएको छ । 

एमालेको पार्टी कार्यालय च्यासलमामा सार्न लागिएको महासचिव पोखरेलले जानकारी दिएका छन् । उनले फेसबुकमार्फत लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी। अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन् ।’

यसअघि पनि पार्टीको सबै काम तथा वैठकसमेत सोही भवनबाट हुँदै आएको छ ।