गृह जिल्ला पुगेका एमाले अध्यक्ष भेटघाटमा व्यस्त

गृह जिल्ला पुगेका एमाले अध्यक्ष भेटघाटमा व्यस्त

काठमाडौं । गृह जिल्लाको तीन दिने भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापामा भेटघाटमा व्यसत बनेका छन् । आज विहान काठमाडौंबाट झापा पुगेका ओलीले पारिवारिक भेटघाट तथा छरछिमेकीसँग पनि भेटघाट गरेका छन् । 

ओलीले झापाको भद्रपुर–१ स्थित पृथ्वीनगरमा ९३ वर्षीय बुबा मोहन ओलीसहित भाई,बुहारी र छिमेकीसँग भेटघाट गरेका हुन् । त्यस्तै जिल्लाका नेता, ज्येष्ठ नागरिक, गाउँलेसँग भेटघाट गरेका छन् । त्यस्तै कलाकार विल्सन विक्रम राइ पनि अध्यक्ष ओलीसँग भेट गर्न आइपुगेका थिए ।