भीम रावलले काम गर्न सकेनन्, राजीनामा दिए : अध्यक्ष ओली

भीम रावलले काम गर्न सकेनन्, राजीनामा दिए : अध्यक्ष ओली

काठमाडौ. । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न बनाइएको कार्यदलबाट राजीनामा दिएको विषय सामान्य भएको प्रतिक्रिया दिएका छन् । 

शनिबार एमाले पार्टी कार्यालय थापाथलीमा आयोजित भर्चुअल कार्यक्रममार्फत् देशैभरका वडा तहका अधिवेशनको उद्घाटन गरेर फर्किने क्रममा पत्रकारसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

रावलले कार्यदलको संयोजकबाट राजीनामा दिनुलाई सामान्य भएको भन्दै उनले कार्यदलमा संयोजन गर्न नसकेका कारण राजीनामा दिएको बताएका छन् । 

उनले भने, ‘‘संयोजन गर्न सकिनँ भनेर राजीनामा दिनुभयो, त्यत्रो ठूलो कुरा पनि होइन। यो लिखित पनि होइन, स्वीकार्य, अस्वीकार्य पनि होइन ।’

यस्तै अध्यक्ष ओलीले दश बुँदे सहमतिमा केही बाँकी रहेको कुरा समाधान हुने आश्वासन पनि दिए । उनले एमालेमा दश भाइ वा अन्य केही भन्ने कुरै नभएको भन्दै एमाले एकढिक्का भएको दावी गरे । उनले भने, ‘को १० भाइ ? १० जना १२ जना भन्ने छैन, पार्टी एक ढिक्का छ ।’

१० बुँदे कार्यान्वयनमा नभएको भन्दै रावलले सहजीकरणका लागि बनेको कार्यदलबाट शुक्रवार राजीनामा दिएका थिए ।