२२ महिने शिशु करणी गरेकाे अभियाेगमा पक्राउ

२२ महिने शिशु करणी गरेकाे अभियाेगमा पक्राउ

कास्की । पेशाले ड्राइभर काम गर्ने एक युवकले घरमा रहेकी २२ महिने शिशुलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

पोखरा–११ फुलबारीस्थित ती युवकले गत असोज ३० गते शिशुलाई करणी गरेको आरोप छ । उनलाई वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्ने पुरुषको परिचय भने खुलाइएको छै । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।