एमालेको महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनकाे प्रयाेग

एमालेको महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनकाे प्रयाेग

काठमाडौं । नेकपा (एमाले)ले आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने भएको छ । पाटीको आज बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

आगामी मंसीर १०–१२ सम्म चितवनमा नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन हुन गइरहेको छ । त्यसका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा मूल व्यवस्थापन समितिले आज पूर्ण पाएको छ । 

त्यस्तै बैठकले चैत मसान्तसम्ममा पार्टी सदस्य बनेकाले महाधिवेशन प्रतिनिधि चयन पाउने निर्णय पनि गरेको छ भने प्रभु साहनिकट दुई जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । 

आगामी कात्तिक ११ गते पार्टीको स्थायी कमिटी बैठक र १२ मा केन्द्रीय कमिटी बैठक बस्ने जनाएको छ ।