एमाले महाधिवेशन मूल व्यवस्थापन समितिले पायो पूर्णता

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिले पायो पूर्णता

काठमाडौं । आगामी मंसीर १०–१२ सम्म हुन गइरहेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले पूर्ण पाएको छ । 

ललितपुरको च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले अपुगस्थायी कमिटी सदस्य थप गरी मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको हो ।त्यस्तै बैठकले देशका सातै प्रदेश कमिटीबाट पनि नेताहरुलाई समावेश गरिएको छ। 

स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा बनाइएको उक्त समितिको सचिवमा विष्णु रिमाल रहेका छन् ।

सहसंयोजकको जिम्मेवारी यसअघि नै सुरेन्द्र पाण्डेले पाइसकेका छन्  भने सदस्यहरु पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराई थपिएका छन् । त्यसैगरी स्थायी कमिटी सदस्यहरु छविलाल विश्वकर्मा र रघुवीर महासेठ पनि थपिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

एमालेको दशौँ महाधिवेशन चितवनमा हुँदैछ ।