सुदूरपश्चिममा भोलिदेखि राहत बाँड्ने

सुदूरपश्चिममा भोलिदेखि राहत बाँड्ने

धनगढी । बाढी, पहिरो प्रभावित सुदूरपश्चिमका जिल्लाहरुमा भोलिदेखि सरकारले राहत बाड्ने भएको छ । सुदूरपश्चिमका ७ वटै जिल्लाहरुमा हेलिकोप्टरमार्फत आवश्यक सामग्री पुर्‍याई प्रभावितहरुलाई राहत दिने तयारी रहेको सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिएकी छिन् । 

बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन गरिसकिएकाले अब शनिवारबाट राहत बाँड्न लागिएको उनको भनाई छ । 

राहत भने एकद्वार प्रणालीबाट वितरणका लागि मन्त्री जोशीले बताईन । प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफल गरी सरकारसँग सहकार्य गरेर मात्र राहत उपलब्ध गराउनुपर्ने भन्दै सहयोगी दाताहरुको नाम जनतामाझ प्रष्टसँग भनिने पनि उनले बताईन् । 

शुक्रबादेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर सुदूरपश्चिममा मात्र्रै हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् । १७ जना घाइते भएका छन् भने अन्य २२ जना अझै बेपत्ता छन् ।