काठमाडौं उपत्यकामा श्रृंखलावद्ध चोरी गर्ने गिरोहको नाइके पक्राउ

काठमाडौं उपत्यकामा श्रृंखलावद्ध चोरी गर्ने गिरोहको नाइके पक्राउ

काठमाडौं । रातको समयमा सहकारी संस्था तथा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी श्रृंखलावद्ध चोरी गिरोहको नाइकेलाई कोटेश्वर प्रहरीेले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३१ वर्षीय कमल थापा मगर रहेका छन् । उनलाई महंगा गरगहना तथा नगद चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनीहरु यसअघि काठमाडौं उपत्यकाका विभिन्न आठ वटा चोरी घटनामा संलग्न रहेको महाशाखाले जनाएको छ। उनको साथबाट चोरीमा प्रयोग हुने फलामको दुई वटा रडसहित मोवाइल, चोरी गर्दा प्रयोग भएको व्याग तथा दुई लाख नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।