एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । 

केहीदिन यता ज्वरोले थपिएका भट्टराई घरमै आराम गरी बसेका थिए । तर ज्वरो कम नभई बरु एक्कासी उच्च ज्वरो आएपछि उनी शुक्रबार दिउँसो काठमाडौंको बीर अस्पताल भर्ना भएको उनको स्वकीय सचिव प्रेम गुरागाँईले जानकारी दिए ।

डाक्टरको सल्लाहबमोजिम अब कम्तिमा एक हप्तालाई कसैसँग भेटघाट बन्द गरिएको गुरागाईँले जानकारी दिए ।