लुम्बिनी प्रदेशमा ५ जना मृत अवस्थामा भेटिए

लुम्बिनी प्रदेशमा ५ जना मृत अवस्थामा भेटिए

लुम्बिनी । लुम्बिनी प्रदेशमा ५  जना जना पानीमा  डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरि  पानीमा डुबेको अवस्थामा ५  जना मानिसको मृत भेटिएका हुन् । नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ बर्षीय जखुमाया चौहानको शव फेला परेको छ ।

त्यस्तै सोही जिल्ला सोही वडाको  लालेघाटस्थित बिनयी खोलामै नाम, थर, वतन नखुलेका अन्दाजी  ५० वर्षीय पुरुषको शव फेला परेको  प्रहरीले जनाएको छ ।  

त्यस्तै कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका अन्दाजी  ३२ वर्षीय पुरुष मृत फेला परेका छन् । यता पाल्पाको प्रहरीले कालिगण्डकी नदीमा अन्दाजी ४५ बर्षका दुई जना बेवरिसे पुरुषको शव फेला पारेको छ ।