आराम गर्न भन्दै सुकुटे पुगे प्रचण्ड

आराम गर्न भन्दै सुकुटे पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आरामका लागि सिन्धुपाल्चोकस्थित सुकुटे बिच पुगेका छन्। बिहीबार अपरान्ह करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड भोटेकोशी किनारको रिसोर्ट पुगेका हुन्।

रिसोर्टमा पुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समयको लागि र्‍याफ्टिङसमेत गरेका थिए । 

प्रचण्डसँग माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा, प्रेस संयोजक विष्णु सापकोटा तथा वाइसीएल पूर्वअध्यक्ष दीपशिखासमेत साथै छन्।