एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, १० बुँदे सहमति बन्यो बैठकको मुख्य एजेण्डा

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, १० बुँदे सहमति बन्यो बैठकको मुख्य एजेण्डा

काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठकले निकालेको निष्कर्ष प्रस्तुत गरिने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि स्थायी कमिटी बैठक बिहीवार बसेको थियो । बिहीवार बसेको बैठकले एमालेको दशौं राष्ट्रिय महाधिवेशन स्थल बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको छ । 

दशौं राष्ट्रिय महाधिवशेन आयोजना गर्नका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठक पनि बिहीवार बसेको थियो । 

ओलीले बुधबार १० बुँदे सहमतिको पूर्ण कार्यान्वयन आवश्यक नरहेको अभिव्यक्ति एमालेमा तरंग आएको छ । ओलीको यो अभिव्यक्तिले एमालेमा १० बुँदे सहमतिलाई अक्षरश कार्यान्वयन हुनुपर्ने माग राखिरहेका नेताहरुलाई सशंकित बनाएको छ। पार्टीको विधान महाधिवेशनलगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि यस विषयलाई नेताहरुले उठाएका छन्। 

छुटाउनुभयो कि ?