एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, १० बुँदे सहमति बन्यो बैठकको मुख्य एजेण्डा

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, १० बुँदे सहमति बन्यो बैठकको मुख्य एजेण्डा

काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठकले निकालेको निष्कर्ष प्रस्तुत गरिने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि स्थायी कमिटी बैठक बिहीवार बसेको थियो । बिहीवार बसेको बैठकले एमालेको दशौं राष्ट्रिय महाधिवेशन स्थल बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको छ । 

दशौं राष्ट्रिय महाधिवशेन आयोजना गर्नका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठक पनि बिहीवार बसेको थियो । 

ओलीले बुधबार १० बुँदे सहमतिको पूर्ण कार्यान्वयन आवश्यक नरहेको अभिव्यक्ति एमालेमा तरंग आएको छ । ओलीको यो अभिव्यक्तिले एमालेमा १० बुँदे सहमतिलाई अक्षरश कार्यान्वयन हुनुपर्ने माग राखिरहेका नेताहरुलाई सशंकित बनाएको छ। पार्टीको विधान महाधिवेशनलगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि यस विषयलाई नेताहरुले उठाएका छन्।