खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई अर्धनग्न सडकमा घुमाउने ६२ जना पक्राउ

खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई अर्धनग्न सडकमा घुमाउने ६२ जना पक्राउ

जनकपुरधाम । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले ६२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु हुन् ।

अबिरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि उनीहरुले ढल तथा नाला निर्माणमा अनियमितता भएको भन्दै बिहीबार निमित्त प्रमुख जागेश्वर कुशवाहालाई दुर्व्यवहार गर्दै कपडा च्यातेर अर्धनग्न बनाई बजार परिक्रमा गराएका थिए । अनुहारमा हिलो छ्याप्ने तथा मोसो समेत दलिदिएका थिए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए  । उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ ।