बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै ६२ जनाले ज्यान गुमाए

बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै ६२ जनाले ज्यान गुमाए

मोरङ । चार दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरो र डुवानका कारण प्रदेश १ मा मात्रै मा ६२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ३० पुरुष, २० महिला, ८ बालक र ४ बालिका रहेका छन् । 

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी पाँचथरमा २८ जनाको पहिरोका कारण ज्यान गएको हो ।

त्यस्तै इलाममा १४, सुनसरीमा ८, धनकुटामा ७, उदयपुरमा २, सोलुखुम्बु, मोरङ र भोजपुरमा समान १ जनाले बाढी, पहिरोका कारण ज्यान गुमाएको प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । 

उनका अनुसार अविरल वर्षापछि गएको पहिरोका कारण ५१ जना, खोलामा बगेर १० र रूखले किचेर १ जनाको मृत्यु भएको हो । 

त्य्स्तै बाढी पहिरोमा परी पाँचथरमा ६, सुनसरी र मोरङमा समान ३ तथा इलाममा १ जना बेपत्ता छन् भने पाँचथरमा ९, इलाम र धनकुटामा ५÷५ जना घाइते भएका तथ्यांक छ ।