मुख्यमन्त्री शाक्यको कार्यकाल एक साता लम्बियो

मुख्यमन्त्री शाक्यको कार्यकाल एक साता लम्बियो

काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि आज डाकिएको बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक स्थगित भएसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वमा बागमती प्रदेश सरकार पुनः एक साता लम्बिएको हो।

आज बसेको बैठकमा विश्वासको मत प्रस्तावमा मतदान नभएपछि शाक्यको सरकारको आयु एक साता लम्बिएको हो । बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित बनेको छ । अब मुख्यमन्त्री शाक्यउमर कात्तिक १० गते नै विश्वासको मतदान हुनेछ । 

आज बिहीबार अपराह्न ३ बजे बसेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत प्राप्त गर्नको लागि एमाले नेतृत्वको सरकारले साढे तीन वर्षमा गरेको कामको विवरण सुनाएकी थिइन् । 

शाक्यले यसअघि गत असोज २४ मा नै प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेकी थिइन । 

संविधान अनुसार उनले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर शाक्यले मुख्यमन्त्री बनेको २ महिना २ दिन हुँदा समेत विश्वासको मत लिएकी छैनिन् ।